जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द


१५ आश्विन २०७७, बिहीबार
7 Shares
korona

दमौली, १५ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो ।

उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए । उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्रयाक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सम्पर्कमा आउनु भएको छ, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौं’, डा. श्रेष्ठले भने, ‘पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ ।’

ncll 2

आइसोलेसनलाई छुट्टै भवन

jagdamba.cement

सो केन्द्रमा आइसोलेसन कक्षका लागि छुट्टै भवन निर्माण हुने भएको छ । हाल अस्पतालमा ५० शैंया क्षमताको आइसोलेसन छ । कोरोना महामारी फैलिएपछि अस्पतालको दोस्रो र तेस्रो तलामा रहेका विभिन्न विभाग हटाएर आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको नियमित सेवा सञ्चालन गर्नलाई छुट्टै भवन निर्माण गरेर आइसोलेसन सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । आठ कोठाको नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।

सङ्घीय सरकारले ५० शैंया क्षमताको आइसोलेसन भवन बनाउन रु एक करोड बजेट पठाएकामा अपुग हुने भएपछि ३० शैंयाको आइसोलेसन बनाइने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७