एकै दिन १९ सय ११ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ७९,७२८ पुग्यो

काठमाडौं, १५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९ सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२७ पुगेको छ ।
२४ घण्टामा ९११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।