काठमाडौं उपत्यकामा थपिए ९४३ कोरोना संक्रमित


१५ आश्विन २०७७, बिहीबार

काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ८१७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर बुधबार १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा ९६१ जना निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९ सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२७ पुगेको छ । २४ घण्टामा ९११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७