आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच नगद रहित सेवा सम्झौता


१५ आश्विन २०७७, बिहीबार
Photo

काठमाडौं, १५ असोज । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटल बीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा। जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाइजेशस (Cash Less Hospitalization) सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७