भारतबाट माछापुच्छ्रे बैंकमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने


१५ आश्विन २०७७, बिहीबार
Machhapuchhre bank

काठमाडौं, १५ असोज । माछापुच्छ्रे बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

चाडबाडको समयलाई लक्षित गरि मिति २०७७असोज १२ गतेदेखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६०शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवालगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।

स्थापनाकाल देखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फतबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७