२०७७ असोज १६ गते शुक्रबारको तपाईको राशिफल


१६ आश्विन २०७७, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्ने छ । चोटपटक लाग्न सक्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । भौतिक सुख या वाहान सुख पनि मिल्ने छ । हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकूल भई कुलतमा मन जानेछ । झैं-झमेलाको अवस्था पनि आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुची बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । वस्त्र लाभ पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा सफलता र प्रभूत्व जमाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक र सांस्कृतिक सभा-समारोहमा सरिक हुने अवसर मिल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । आँटेको कार्य पुरा हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज लाभ-हानी, सुख-दुःख बराबरी र मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता नै मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ । विशेष यात्रा पनि हुनसक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७