नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कृत
काठमाडौं, १६ असोज । नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबरजस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ ।
नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबरजस्ती करणीको सिकार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उजुरी आएपछिको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा २ हजार ५ सय ७० वटा बलात्कार तथा जबरजस्ती करणीका घटना भएका छन् भने गत आर्थिक वर्ष २०७६-७७ मा देशभर २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भएको छ ।
यी दुवै आर्थिक वर्षको तथ्यांकले नेपालमा सरदरमा दैनिक ६ देखि ७ जनामाथि बलात्कार तथा जबरजस्ती करणीका घटना भइरहेकोे देखाएको हो । तर, गृहमन्त्री रामबहादुर थापाले भने बलात्कारका घटना बढे पनि विश्वको स्थित हेर्दा नेपालको तथ्यांक चिन्ताजनक नभएको अभिव्यक्ति दिएका छन् । राजधानी दैनिकबाट