१०३ वर्षीय छविलाललाई नगरपालिकाको सम्मान


१६ आश्विन २०७७, शुक्रबार
56 Shares
KM khotang 1536x1032 1

खोटाङ, १६ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ ।

नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगर प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद रु २० हजारका साथमा सम्मानपत्र प्रदान गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपालीलाई सम्मान गर्न नगर प्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो । शारीरिकरूपमा अझै पनि सक्रिय रहनुभएका नेपाली १०० वर्ष नाघेपछि उनलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिनएको छ ।

ncll 2

ज्येष्ठ नागरिक नेपालीले कान कम सुने पनि उनी अझै स्पष्ट बोल्न र देख्न सक्ने अवस्थामा रहेको वडाध्यक्ष राईले बताए । ‘उहाँ यो उमेरमा पनि क्रियाशील हुनुहुन्छ । उहाँलाई अहिलेसम्म खास रोग पनि देखिएको छैन’, उनले भने, ‘नित्यकर्म आफै गर्नुहुन्छ । हिंडडुलदेखि घरका सामान्य काम समेत सघाउने गर्नु हुन्छ ।’

jagdamba.cement

विसं १९७५ वैशाख १५ गते जन्मिएका नेपालीलाई केही समयअघि वडा कार्यालय बुइपाले पनि दोसल्ला ओढाएर सम्मान गरेको थियो । नगरकै सबैभन्दा ज्येष्ठ नागरिक छविलालका चार छोरा र दुई छोरी छन् । नगरपालिकाले हरेक वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । १५ वडा रहेको यस नगरपालिकामा तीन हजारभन्दा बढी ज्येष्ठ नागरिक रहेको नगर प्रमुख रिजालले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७