डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण


१६ आश्विन २०७७, शुक्रबार
donald trump 1

काठमाडौं, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पका वरष्ठि सल्लाहकारमध्येकी एक होप हक्सिलाई पनि कोरोना संक्रमण भएको थयिो । त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

ट्रम्पकी सल्लाहकार हक्सिलाई भने कोरोनाका केही लक्षण पनि देखिएको जनाइएको छ । ट्रम्पले हक्सिले अनवरत रुपमा कडा परिश्रम गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७