बामदेवलाई मन्त्री बनाउन मिल्ने–नमिल्ने मुद्दामा सर्वोच्चमा बहस चल्दैै


१६ आश्विन २०७७, शुक्रबार
bamdev gautam2
फाइल फोटो

काठमाडौं, १६ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निणर्यविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुँदैछ । बुधबार हेर्दा हेर्दैको अवस्था रहेको यो रिटमा आज शुक्रबार थप सुनुवाई गर्ने मिति तोकिएको थियो ।

आज (शुक्रबार) सवा ११ बजेदेखि बहस शुरु भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । बुधबार बहस गर्दै महान्यायाधिवक्ता अग्नि खरेलले गौतमलाइ मन्त्री बनाउने मिल्ने नजिर पेश गरेका थिए ।

आजको बहस सकिएपछि फैसला आउने सम्भावना रहेको सर्वोच्चले जनाएको छ ।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७