तेक्वान्दोका नोर्बु लामा बने पुम्से विधाका दोस्रो श्रेणीको पहिलो अन्तर्राष्ट्रिय नेपाली निर्णायक


१६ आश्विन २०७७, शुक्रबार
norbu

काठमाडौं, १६ असोज । तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गरेका छन् । उनी पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक बनेका छन् ।

विश्व तेक्वान्दोले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी भएबापत उनले उक्त लाइसेन्स प्राप्त गरेका हुन् । लामाले सन् २००८ मा थाइलैण्डको बैंकक, सन् २०१२ मा मलेसिया, सन् २०१२ र २०१५ मा चीन तथा सन् २०१९ मा अष्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय निर्णायक रिफ्रेसर कोर्समा सहभागिता जनाएका थिए ।

यस्तै सन् २०१९ मै अष्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले आज (शुक्रबार) लामालाई विश्व तेक्वान्दो संघबाट प्राप्त प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७