कोरोनाबाट थप ११ जनाको गयो ज्यान, नेपालमा मृत्तक संख्या ५२० पुग्यो


१६ आश्विन २०७७, शुक्रबार
korona nepal scaled

काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ११ संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।
काठमाडौं उपत्यकामा १६ सय ६० सहित देशभर थपिए २७ सय २२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन हालसम्मकै बढी १६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २७ सय २२ जनामध्ये काठमाडौं उपत्यकाका १६ सय ६० जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार ७३९ जनाको पिसिआर परिक्षणमा २७२२ जनालाई संक्रमण देखिएको जानकारी दिएका छन् ।

२४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ । देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७