गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर गर्ने


१६ आश्विन २०७७, शुक्रबार
Fullscreen capture 1022020 83737 PM qnMJUKem9A 1

काठमाडौं, १६ असोज । गरिमा विकास बैंक लिमिटेडले सर्लाहीमा रहेको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

हाल गरिमा विकास बैंकको अधिकृत पुँजी पाँच अर्व र जारी तथा चुक्ता पुँजी तीन अर्व २३ करोड ८६ लाख ८९ हजार चार सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी रु।२५ करोड ५४ लाख ८१ हजार आठ सय रुपैयाँ रहेको छ ।

गरिमा विकास बैंकले हाल देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरुमार्फत र सहारा विकास बैंकले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा चार शाखा कार्यालय र एक एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेका छन् । प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्नेसमेत सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७