अमेरिकी राष्ट्रपति ट्रम्पमा देखिन थाल्यो कोरोना लक्षण, अस्पताल लगिंदै


१७ आश्विन २०७७, शनिबार
donald trump scaled

काठमाडौं, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिने भएको छ । हिजो दिउँसो कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लग्न लागिएको हो ।

ह्वाइट हाउसले विज्ञप्ती निकालेर स्वास्थ्य सावधानीको लागि उनलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा लैजाने तयारी गरिएको जानकारी दिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ ।

उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो । उनले दोस्रो कार्यकालको लागि राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

अब उनले केही दिन डाक्टरको सल्लाह अनुसार सावधानी अपनाएर अस्पतालबाट नै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७