प्रज्ञाका प्रकाशन सबै जिल्लामा पुर्‍याउन वितरण सञ्जाल


१७ आश्विन २०७७, शनिबार
pragya

काठमाडौं, १७ असोज । नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्ना प्रकाशनहरू सातै प्रदेशका सबै जिल्लामा बिक्री वितरण गर्न सक्ने आधिकारिक सञ्जाल बनाएको छ ।

आधिकारिक विक्रेता छनोटका लागि प्राप्त बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहले बिक्री वितरणको जिम्मेवारी पाएसँगै प्रकाशनहरु देशका सबै भाग र विदेशमा समेत पुग्न सहज हुने भएको हो ।

सम्झौतापत्रमा प्रतिष्ठानका सदस्य-सचिव प्रा जगतप्रसाद उपाध्याय र प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गरेका छन् ।

सदस्य सचिव प्रा उपाध्यायले देशका सबै प्रदेशअन्तर्गतका जिल्ला र विदेशमा समेत पुर्‍याउन सो प्रकाशनलाई आग्रह गरेको प्रतिष्ठानका सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले जानकारी दिए ।

प्रज्ञा-प्रतिष्ठानले प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोषका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्रलगायतका विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिका प्रकाशन गर्दै आए पनि तिनले उचित बजार नपाएको गुनासो हुँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७