अब पार्टी एकताका लागि निर्णायक वार्ता हुन्छ : प्रचण्ड


२५ माघ २०७४, बिहीबार
Prachanda

काठमाण्डौं, २५ माघ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेकपा एमालेसँग पार्टी एकताका लागि निर्णायक वार्ता हुने बताएका छन् ।Prachanda

पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै आफैंले राख्ने र जबजमा पनि तलमाथि नगर्ने भनेपछि प्रचण्डले कि वार कि पारको वार्ता गर्ने तयारी गरिरहेको उनी निकटहरुले बताएका छन् । उनीहरुका अनुसार पार्टी एकताको विषयमा अब हुने छलफल निर्णायक हुने प्रचण्डको भनाइ छ ।

पेरिसडाँडामा बुधबार प्रचण्डले एक निकटस्थसँग भने, ‘तत्काल पार्टी एकता नभएको अवस्थामा हामी सरकारमा पनि जाँदैनौं, तर बाहिरै बसेर समर्थन गर्छौं । तथापि हामी अहिलेसम्म पार्टी एकताकै पक्षमा छौं ।’ प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम एकता गरेर चुनाव जितेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता अहिले अन्योलको अवस्थामा पुगेको छ । पार्टी एकता र सरकार गठन सँगसँगै जाने बताउँदै आएका दुबै दलका नेता अहिले पार्टी एकताले सोचें जस्तो गति लिन नसकेको बताउन थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७