ख्याल गर्नुस्, अर्कैले बनाई देला तपाईको पोर्न मुभी


२५ माघ २०७४, बिहीबार
porn

यही हप्ता ‘डिपफेक्स’ का धेरै घटना सार्वजनिक भए । जसमा कुनै अभिनेत्रीको अनुहार अरु कसैको शरीरमा लगाएर पोर्न भिडियो बनाउने क्रम जारी छ । यस्ता भिडियो बनाउन झन सजिलो भएको छ। मानिसहरु सेक्शुअल कल्पनालाई इन्टरनेटमार्फत पूरा गर्नलाई यस प्रकारका भिडियो बनाइँदैछ ।porn

यस्तो प्रविधिको प्रयोगले गम्भीर परीणाम ल्याउन सक्छ । आज हामी फेक न्युजको जुन संकटलाई देखिरहेका छौैं, यो शुरुवाती चरणमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारसँग मिल्ने कयौं भिडियो बनाइएको छ । यो भिडियो नक्कली हो तर, कुनै खास उद्देश्यको प्रचारमा यसको प्रयोगबाट हुने प्रभावको कल्पना गर्न सकिन्छ ।

संस्था तथा कम्पनी यो विषयमा जागरुक छैनन् । जुन वेबसाइटमा यस्ता सामाग्री आइरहेका छन् ती सामाग्रीमाथि नजर त राखेका छन् तर यस्ता सामाग्रीलाई के गर्ने भन्ने विषयमा जानकारी छैन । यो प्रविधिसँगै अब प्रयोग पनि हुन थालेको छ । किनभने यस्ता भिडियोमा चर्चित अनुहार अचानक सेक्स टेपमा देखिन थालेका छन् ।

यस्ता भिडियो बनाउन प्रयोग हुने सफ्टवेयरका डिजाइनरका अनुसार सफ्टवेयरलाई सार्वजनिक गरिएको एक महिनाभित्र एक लाख भन्दा बढी लाउनलोड भइसकेको छ । यसको एडिटिङ तीन स्टेपमा पूरा हुन्छ । कुनै व्यक्तिको फोटो जुटाउनु, एउटा पोर्न भिडियो छान्नु, र कुर्नु, बाँकी काम तपाइँको कम्प्युटरले आफैं गर्छ। यो एउटा सानो क्लिपकालागि ४० घण्टासम्मको समय लिनसक्छ । धेरैजसो लोकप्रिय डिपफेक्स ठूला कलाकारका हुन्छन् ।

स्रोतः बिबिसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७