निर्वाचन आयोगले फागुन २ भित्र अन्तिम मत परिणाम बुझाउने


२५ माघ २०७४, बिहीबार
Election ayoge 1 1

काठमाण्डौं, २५ माघ : राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै सरकार गठन प्रक्रियाले सहजता पाएको छ । संघीय संसद्का दुबै सदनका निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाको समानुपातिक मत परिणाम सार्वजनिक गर्न नमिल्ने निर्वाचन आयोगको अडानका कारण प्रतिनिधिसभाले पूर्णता पाएको छैन । प्रतिनिधिसभाले पूर्णता नपाउँदा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको थिएन ।Election ayoge 1 1

बुधबार राष्ट्रियसभा निर्वाचन सम्पन्न भई मत परिणाम सार्वजनिक भइसकेका कारण निर्वाचन आयोगले प्रतिनिधिसभाको सिट बाँडफाँट प्रक्रिया अघि बढाएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सिट बाँडफाँट बिहीबार हुनेछ । जसअनुसार बढीमा फागुन २ गतेसम्म निर्वाचन आयोगले राष्ट्रियसभाको अन्तिम परिणाम सार्वजनिक गर्नेछ ।

अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतपरिणाम हस्तान्तरण गर्नेछ । आयोगले सिट बाँडफाँट गरी बिहीबार नै राजनीतिक दलहरुलाई समावेशी सिद्धान्त अनुसार सदस्य सिफारिस गर्न पत्राचार गर्नेछ । आइतबारसम्म दलहरुले सदस्य सिफारिसको समय पाउँनेछन् । त्यसको थप दुई दिन सूचीमा कुनै प्राविधिक त्रृटि भएमा सच्याउने समय हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७