गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४१ सय नाघ्योे


१८ आश्विन २०७७, आईतवार
korona

पोखरा, १८ असोज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान र दिउँसो गरेर तीन पटक उपलब्ध गराएको अध्यावधिक विवरणअनुसार थप ८७ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ ।

आइतबार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिएका छन् ।

थपिएका संक्रमितका नवलपरासी पूर्वका ५२, तनहुँका १९, लमजुङका ६, कास्कीका ३, स्याङ्जाका २, बागलुङका ३, गोरखाका २ जना रहेका छन् । संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १०३ पुगेको छ भने आजसम्म संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७