‘आइएमइ पे एप’ डाउनलोड गर्ने १० लाख पुगे


१८ आश्विन २०७७, आईतवार
नेमोनिक

काठमाडौं,१८ असोज । ‘आइएमइ पे’ एप डाउनलोड गर्नेको संख्या १० (१ मिलियन) लाख बढी पुगेका छन्। यो सहित एजेन्टको सहयोगमा आइएमइ पे बाट ३० लाख बढी सेवाग्राहीहरू लाभान्वित रहेको कम्पनीले बताएको छ।

उक्त अवसरमा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना विजेतालाई उपहार दिइने कम्पनीले बताएको छ। ‘वान प्लसु मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार दिइने भएको हो।

यो योजना आइतबारबाट शुरु भएर अक्टोबर १५ सम्म लागू हुनेछ। छोटै समयमा ३० लाख बढी घरपरिवारको पहुँचमा पुग्नसक्नु कम्पनीको उल्लेख्य सफलता भएको आइएमइ डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७