आईपीएलमा चेन्नई सुपर किङ्सको दोस्रो जित


१९ आश्विन २०७७, सोमबार
ipl v3KRL3lazE

काठमाडौं, १९ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविकको उपविजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । यूएईमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

यूएई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे ।

पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १ सय ८१ रनको साझेदारी गरे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीयइनिङ्स खेले ।

निकोलस पुरन ३३ रन जोड्दा आउट भए । जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा समेत उक्लिएको छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७