प्रदेश-५ को सभामा कांग्रेसको नाराबाजी, बैठक अवरुद्ध

राजधानी दाङ बनाउने प्रस्तावमा मतदान गर्न नेकपा सांसदहरुलाई ‘ह्वीप’ जारी


१९ आश्विन २०७७, सोमबार
state 5 1

बुटवल, १९ असोज । प्रदेश-५ को राजधानी सार्ने प्रस्तावविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभामा विरोध जनाउँदै नाराबाजी गरेको छ । कांग्रेसको विरोधका कारण बैठक केहिबेर अवरुद्ध बनेको छ ।

सत्तारुढ दल नेकपाले बुटवलबाट प्रदेश-५ को राजधानी सारेर दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट पारित गर्न लागेपछि नेपाली कांग्रेसले त्यसको बिरोधमा सभामा नाराबाजी गरेको हो । कांग्रेस सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरेपछि बैठक स्थगित गरिएको हो ।

नेपाली काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले ताहाशाही जस्तो शैलीमा ल्याइएको प्रस्ताव अमान्य भएको बताएका छन् । प्रदेश राजधानी जहाँ भएपनि त्यसको औचित्य पुष्टि गर्नुपर्ने उनले संसदमा बताए । उनले सर्वसमतिबाट जारी गर्न सक्ने अवस्था रहँदारहँदै दुई तिहाईको देखाउने काम भएको आरोप लगाए ।

नेपाली काग्रेस र फोरमको विरोधपछि २ बजे सम्म लागि बैठक स्थगित गरिएको छ । सरकारले दाङलाई प्रदेश राजधानी बनाउने गरी प्रदेशसभामा प्रस्ताव लगेपछि बुटवल पक्षधरहरु आक्रोशित बनेका छन् ।

राजधानी दाङ बनाउने प्रस्तावमा मतदान गर्न नेकपा सांसदहरुलाई ‘ह्वीप’ जारी
यता सत्तारुढ नेकपाको प्रदेश ५ को संसदीय दलले सो प्रदेशको राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निणर्य गर्दै नेकपा सांसदहरुलाई सो प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

‘दाङको भालुवाङलाई प्रशासनिक राजधानी र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने गरी विकास गर्ने लक्ष्यका साथ यो प्रस्ताव आएको छ, आजको संसदीय दलले यसका पक्षमा मतदान गर्ने निणर्य गरेको छ,’ नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले बैठकपछि बताए, ‘मुख्यमन्त्रीले यो प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिसक्नु भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७