प्रदेश-३ को कांग्रेस संसदीय दलको नेतामा बानियाँ सर्वसम्मत


२५ माघ २०७४, बिहीबार
Capture

काठमाण्डौं, २५ माघ : प्रदेश नम्बर–३ मा नेपाली कांग्रेसको संसदीय दलको नेतामा इन्द्र बानियाँ सर्वसम्मत चुनिएका छन् । काठमाण्डौंमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत चुनिएको नेपाली कांग्रेसले जनाएको छ ।Capture

दलको नेता बन्न बानियाँसँगै पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की पनि दावेदार थिए । तर, पार्टी पदाधिकारीको बिहीबारको बैठकले संसदीय दल गठनका लागि जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको उपस्थितिमा बसेको बैठकले बानियाँलाई संसदीय दलको नेता चयन गरेको हो ।

बानियाँले कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताएका छन् । पार्टीले प्रदेशको संसदीय दलसम्बन्धी विधान विधान पास गरेपछि थप कार्य विभाजन हुने बानियाँ बताउँछन् । पूर्व गृहराज्यमन्त्री एवम् मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश २ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७