५ नं. प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको विरोध भएकाे प्रर्दशन {भिडियाे}


१९ आश्विन २०७७, सोमबार
rupandehi

रुपन्देही, १९ असाेज । ५ नं. प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा सोमबार पनि रुपन्देहीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेसले आह्वान गरको विरोध प्रर्दशनमा जिल्लाका विभिन्न संघ संस्थाको प्रतिनिधित्व रहेको थियो ।

प्रदेश सभा घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई बाटैमा प्रहरीले रोकेपछि नेपालगंज रोडको सडकमै बसेर उनीहरुले प्रर्दशन गरेको थिए । सो क्रममा प्रर्दशनकारीहरुले प्रदेशको राजधानी दाङ लैजाने प्रस्ताव फिर्ता गर्न माग गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्दै उनीहरुले निर्णय नसच्याए शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । विरोध प्रर्दशनमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सरकारले जनभावना विपरित ल्याएको राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता लिन माग गरे ।

उहाले अन्य प्रदेशका अस्थायी राजधानीलाई स्थायी राजधानीको रुपमा घोषणा गर्न मिल्ने तर ५ नं.प्रदेशको राजधानी किन नहुने भन्दै सरकारलाई प्रश्न गर्नुभएको थियो ।

यसअघि आइतबार साँझ काठमाडौंबाट फर्कदै गरेका मुख्यमन्त्री पोखरेललाई लक्षित गरेर प्रर्दशनकारीहरुले ढुंङा प्रहार समेत गरेका थिए । ढुंगा प्रहार गरेको अभियोगमा प्रहरीले कांगे्रसका ९ जना कार्यकतालाई प्रक्राउ गरेको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७