कोरोनाबाट बीपी प्रतिष्ठानमा एक जनाको मृत्यु


२० आश्विन २०७७, मंगलवार
bp kovid

सुनसरी, २० असोज । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान-३ का ६४ वर्षीय पुरुषको आज विहान ४ः२० मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । मृतक डायबिटिज र टिबी रोगबाट समेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७