प्रदेश-५ को स्थायी राजधानी दाङको देउखुरी पारित : पक्षमा ६९, विपक्षमा खस्यो १३ मत


२० आश्विन २०७७, मंगलवार
thumb 2

बुटवल, २० असोज । प्रदेश-५ को स्थायी राजधानी राप्ति नदीको किनार देउखुरी उपत्यकामा राख्ने प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।

मंगलबार भएको मतदानमा प्रदेशसभाका बहुमत सदस्यले सरकारले प्रस्ताव गरेको राजधानीकै पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो ।

प्रस्तावित राजधानी देउखुरी उपत्यकाको पक्षमा र ६९ मत र विपक्षमा १३ मत परेको थियो । प्रदेशसभामा भएका कूल ८९ जना सांसदमध्ये मतदानमा ८२ जनाले भाग लिएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सोमबार प्रस्तावित नाम र राजधानीको विरोध गर्दै नाराबाजी र तोडफोड समेत गरेको थियो । सरकारले प्रदेशसभामा दर्ता गराएको नाम र राजधानीको प्रस्ताव पारित गराउनका लागि सत्तारुढ दल नेकपाले ह्वीप जारी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७