कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण


२० आश्विन २०७७, मंगलवार
haribansha and ramila

काठमाडौं, २० असोज । हाँस्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण भएको छ । कलाकार आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

सोमबार आचार्य र उनकी श्रीमती रमिला दुवैले कोरोना परीक्षण गराएका थिए । आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको पनि जानकारी गराएका छन् ।

उनले आफूहरुको सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।
आचार्यले कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७