प्रदिप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त


१९ आश्विन २०७७, सोमबार
PRadip khadga and kristina gurung

काठमाडौं, १९ असोज । नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो ।

नेपाली सिनेमा जगतका ख्यातिप्राप्त कलाकारद्धय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७