नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौडेल


२० आश्विन २०७७, मंगलवार
Umesh paudel

काठमाडाैं, २० असाेज । नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन्।

समितिको आज बसेको बैठकले बैंकर पौडेललाई अध्यक्षमा चयन गरेको हो। २०७४ मंसिर १५ देखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौडेल अध्यक्ष बनाइएको हो।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका पौडेल यसअघि वाणिज्य बैंककै प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

नविलमा शम्भुसँगै दयारामगोपाल अग्रवालको पनि ४ वर्षे कार्यकाल पूरा भएको छ । अग्रवाल गत १७ गते बैंकबाट बिदा भइसकेका छन्।

शम्भु पौडेल भने २०४२ सालदेखि नबिलको सञ्चालक समितिमा रहँदै आएका थिए भने अग्रवाल २६ वर्षभन्दा बढी समयदेखि सञ्चालक समितिमा रहेका थिए । अहिले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाह रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७