‘हुर्रे’को ट्रेलर रिलिज, संगीतकर्मी राजनराज सिवाकोटी अभिनयमा (भिडियाेसहित)


२५ माघ २०७४, बिहीबार
यस्तो छ केकीको ‘हुर्रे’ ट्रेल and raj raj siwakoti

काठमाडौं, २५ माघ :  फिल्म ‘हुर्रे’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्यबमार्फत फिल्म युनिटले ट्रेलर रिलिज गरेको हो। नायिका केकी अधिकारी, नायक अनुपविक्रम शाही, कलाकारहरु राजाराम पौडेल, अंकित खड्का, विजय बराल, संगीता नापितलाई ट्रेलरमा देखाईएको छ ।  यस्तो छ केकीको ‘हुर्रे’ ट्रेल and raj raj siwakoti

चलचित्रलाई दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेले निर्माण गरेका हुन । चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका छन् । चलचित्रमा केकीले फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् भने अनुपबिक्रम मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् ।

फागुन २५ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको चलचित्रको ट्रेलरमा प्रेम, वियोग र कमेडी पक्षलाई देखाईएको छ ।

ट्रेलरमा संगीतकर्मी राजनराज सिवाकोटी पनि देखिएका छन्। उनको यो फिल्ममा कस्तो र कति भूमिका छ भन्ने बारे यसअघि फिल्म युनिट बोलेको छैन। उनले संगीत दिएको गीत ‘ठेकीमा दही’ भने युट्युबमा रुचाइएको छ। हुर्रेमा केकी फूल बेच्ने युवतीको रुपमा देखिएकी छिन् जो एकभन्दा बढी युवासँग प्रेमको नाटक गर्छिन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७