नायिका श्वेताको दोस्रो बिहे ! करिष्मादेखि रमेश खरेलसम्मले दिए वधाई


२५ माघ २०७४, बिहीबार
sweta

काठमाण्डौं, २५ माघ : नायिका श्वेता खड्का आफैले निर्माण गरेको चलचित्र ‘कान्छी’ रिलिजको तयारीमा छिन् । नायक पति श्रीकृष्ण श्रेष्ठको असामयिक निधनपछि लामो समय चलचित्र क्षेत्रबाट अलग रहेकी श्वेता चलचित्र कान्छीको प्रदर्शन मिति नजिकिएसँगै हर्षित छिन् । उनको मुहारमा अहिले मिठो मुस्कान देखिएको छ ।sweta

श्वेताको यो मुस्कानमा अहिले अर्को मुस्कान थपिएको छ । उनलाई चलचित्र क्षेत्रमा माया गर्ने र अन्य शुभचिन्तकहरुले जीवन लामो भएका कारण विवाहको बारेमा सोच्न सुझाव दिएका छन् । यसरी सुझाव दिनेहरुमा नायिका करिष्मा मानन्धर, गौरी मल्ल, कलाकार दिनेश डिसी, निर्देशक आकाश अधिकारीदेखि डिआइजी रमेश खरेलसम्म रहेका छन् । ‘रमाइलो छ’ नामक टिभी कार्यक्रममा बोल्दै उनीहरुले श्वेताले विगतका दुःखद दिनहरुलाई भुलेर सुखद जीवनको शुरुवात गर्नुपर्ने सुझाव दिएका छन् । sw 1

निर्देशक आकाश अधिकारीले भनेका छन्–‘श्रीकृष्णसँग म जहिले पनि नजिक थिएँ । म श्रीलाई अति नै माया गर्थे । तर जीवन सबैको आ–आफ्नो हो । एउटा व्यक्तिले बाँच्नु पर्छ र बाँच्न पाउनु पर्छ ।’ निर्देशक तथा कलाकार दिनेश डिसीले पनि श्रीकृष्ण हामीसँग नभएको बताउँदै भनेका छन्–‘जीवन जिउन एउटा जीवन साथी चाहिन्छ । म उहाँको जीवनको अर्को जीवन साथी आएको हेर्न चाहन्छु ।’kanxi

श्वेताका शुभचिन्तकहरुले दोस्रो विवाहका लागि सुझाव दिइरहेको भए पनि स्वयम् श्वेताले भने अर्को बिहेको बारेमा अहिलेसम्म केहि बोलेकी छैनन् । उनले अहिले आफूले निर्माण गरेको चलचित्र कान्छीको रिलिजमै आफूलाई केन्द्रित गरिरहेको समाचारहरु बाहिर आइरहेको छ ।

भिडियो 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७