राजु परियारको ‘गाउँमै मनाऔं दशैं-तिहार’ सार्वजनिक (भिडियो)


२१ आश्विन २०७७, बुधबार
Capture1

काठमाडौं, २१ असोज । लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा ‘गाउँमै मनाऔं दशैंं तिहार’ गीति भिडिओ सार्वजनिक गरिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताए । ‘मनका कुराहरु व्यक्त गर्ने बलियो माध्यम गीत हो’, उनले भने ।

Capture2

रिमेशकुमार थापाले निर्माण गरेको भिडिओको गीतमा लयसङ्गीत रिमेशकुमार, सङ्गीत संयोजन विजय थापा र मिक्सिङ-मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अभिनय टीका जैसी, ध्रुव हिमाली र दिनेश केसी, छायाङ्कन अमन बडु र सम्पादन लक्ष्मण चौहानको छ । गीतको भिडियो डिएआर मुभिजको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७