युट्युबका प्रिमियम ग्राहकलाई अब विशेष सुविधा


२१ आश्विन २०७७, बुधबार
youtuber

वासिङ्टन, २१ असोज । भिडियो शेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ ।

एक्सडीए-डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको दी भर्जले जनाएको छ । प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउने छन् ।

प्रिमियम सेवा लिन ग्राहकले प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्नेछ । ग्राहकले विज्ञापन रहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्ने छन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्ने छन् । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७