वीरेन्द्र र मेलिनाको ‘जाले रुमाल’ युट्युव ट्रेन्डिङमा रफ्तारका साथ उक्लिँदै


२१ आश्विन २०७७, बुधबार
movie

काठमाडौं, २१ असोज । गायक वीरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको स्वर रहेको ‘जाले रुमाल’ गीतको भिडियो युट्युव ट्रेन्डिङमा रफ्तारका साथ उक्लिरहेको छ ।

अहिले यो गीत ट्रेन्डिङ नम्बर सातमा रहेको छ । यस गीतका गायक वीरेन्द्र श्रेष्ठ पेसाले इन्जिनियर हुन् । भिडियोमा पल शाह, रियाशा दाहाल, आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय तथा नृत्य देख्न पाइन्छ ।

भिम विष्टको शब्द तथा संगीतको यो गीतको भिडियोमा गर विष्टको निर्देशन तथा कोरियोग्राफी छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।

याक एण्ड यति होटलमा छायांकन भएको गीतको भिडियोमा पल र सरोज दरबारका युवराजको भूमिकामा देखिएका छन् ।

चर्चित कलाकारहरुको एकै ठाउँ जमघट भएको लोकशैलीमा बनेको यो गीतको भिडियो आकर्षक बनेको छ । गीत इनाक्सी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७