टर्की र जर्मनीको खेल बराबरी


२२ आश्विन २०७७, बिहीबार
2020 10 08 germany
Soccer Football – International Friendly – Germany v Turkey – RheinEnergieStadion, Cologne, Germany – October 7, 2020 Germany’s Florian Neuhaus celebrates scoring their second goal REUTERS/Thilo Schmuelgen

काठमाडौं, २२ असोज । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले बराबरी खेलेको छ । यूईएफए नेसन्स लिगको तयारी गरिरहेको जर्मनीले बुधबार राति भएको खेलमा टर्कीसँग ३-३ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि जुलियन ड्रेक्सर, फलोरियन नेहाउस र लुकासले एक-एक गोल गरे । त्यस्तै टर्कीका लागि ओजान टुफान, इफ्कान कराक र केनान करामनले एक-एक गोल गरे ।

पहिलो हाफको इन्ज्यूरी समायमा जुलियनले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । खेलको ४९ औँ मिनेटमा टुफानले टर्कीका लागि बराबरी गोल फर्काए । ५८ औँ मिनेटमा जर्मनीका लागि नहाउसले गोल गर्दै टिमलाई २-१ गोलको अग्रता दिलाए ।

६७ औं मिनेटमा टर्कीका लागि कराकले पुनः टर्कीका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा लुकासको गोलबाट जर्मनीले खेलमा अग्रता बनाउन सफल भयो ।

खेलको इन्ज्यूरी समयमा करामनले टर्कीका लागि बराबरी गोल फर्काउँदा जर्मनी टर्कीसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । यूईएफए नेसन्स लिगको तेस्रो र चौथो चरणको खेलको तयारी स्वरुप जर्मनीले मैत्रीपूणर् खेल खेलेको हो ।

नेसन्स लिगको समूह डी मा रहेको जर्मनीले ११ तारिखमो युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै १४ तारिखमा स्विजरल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७