सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्सबीच सम्झौता


२१ आश्विन २०७७, बुधबार
Shangri la agreement with Laxmi Commercial Vechile Pvt.Ltd 1

काठमाडौं, २१ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.का तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक श्री निराकर श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले स्वराज मज्दा ब्राण्डको कमर्सियल गाडीको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्सबाट नयाँ गाडी खरीद गर्न चाहेमा १२।५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७