ईन्द्र बानियाँ प्रदेश ३ को कांग्रेस संसदीय दलको नेता चयन


२५ माघ २०७४, बिहीबार
Indra Bahadur Baniya 1

काठमाडौं, २५ माघ : नेपाली कांग्रेसले प्रदेश ३ को संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँलाई चयन गरेको छ ।Indra Bahadur Baniya 1

मकवानपुर २ (ख)बाट प्रदेश सदस्यमा विजयी भएका बानियाँलाई दलको नेतामा चयन गरेको हो । उनले डा. राजाराम कार्कीलाई दोब्बर मतले पराजित गरेका हुन् । उनले १४ मत पाए भने कार्कीले ७ मत मात्र पाए । बानियाँ पूर्व गृह राज्यमन्त्री हुन् ।

पार्टीले प्रदेश ३ मा दलको नेता छान्न डिना उपाध्यायलाई जिम्मेवारी प्रदान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७