सिटी एक्सप्रेस र अल फार्दन एक्सचेन्जको ‘दशैं तिहार बम्पर धमाका’


२२ आश्विन २०७७, बिहीबार
city

काठमाडौं, २२ असोज । सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबई स्थित अल फार्दन एक्सचेन्ज को संयुक्त सहकार्यमा यसपालीको दशै तिहारलाई लक्षित गर्दै ‘दशैं तिहार बम्पर धमाका’ सार्वजनिक गरिएको छ । सो योजनाअन्तर्गत दुबईको अल फार्दन एक्सचेन्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ ।

यस योजनामा जिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेकहप्ता टि भी , माईक्रोवेभ जस्ता घरेलु उपकरणदेखि ६ लाख नगद सम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजना नोभेम्बर १४ सम्म चल्ने छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७