लंका प्रिमियर लिगमा सन्दीपसहित दुई नेपाली खेलाडी ड्राफ्टमा


२२ आश्विन २०७७, बिहीबार
Sandeep Lamichhane in action

काठमाडौं, २२ असोज । लंका प्रिमियर लिग टी-२० को ड्राफ्टमा दुई नेपाली खेलाडी पनि अटाएका छन् ।

लंका प्रिमियर लिगको ड्राफ्टमा लेगस्पिनर सन्दीप लामिछानेसँगै सुनम गौतम अटाउन सफल भएका हुन् ।

ड्राफ्टमा ३० औँमा सुनम र १०३ औँ नम्बरमा सन्दीपको नाम रहेको छ । पहिलो सिजनको यो लिग नोभेम्बर २१ देखि श्रीलंकामा सुरु हुँदैछ ।

अक्सन भने ९ अक्टोबरमा आयोजना हुँदैछ । १४ नोभेम्बरदेखि सुरु हुने बताइए पनि कोरोना र आईपीएललाई मध्येनजर गर्दै मिति सारिएको थियो । आधा महिनासम्म चल्ने यो लिगमा २३ वटा म्याच हुने छन् ।

ड्राफ्टमा खेलाडीलाई फरक फरक श्रेणीमा राखिएको छ । जसमा क्लासिक, डायमण्ड, गोल्ड, इमर्जिङ र आइकन गरेर श्रेणी छुट्याइएको छ ।

प्रतियोगितामा सहभागि पाँच टिमका लागि पाँच वटा आइकन खेलाडी छनोट भइसकेका छन । जसमा लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, थिसारा परेरा, दासुन शनाका र कुशल परेरा छन ।

पाँच श्रेणीमा रहेका खेलाडीको मुल्य १५ हजार देखि ६० हजार अमेरीकी डलरसम्म राखिएको छ । जसमा सन्दिप डायमण्ड श्रेणीमा रहेका छन । जसका मुल्य ५० देखि ६० हजार अमेरीकी डलर रहेको छ । यो श्रेणीमा इंग्ल्याण्डका रवी भोपारा, पाकिस्तान मोहम्मद हफिज, सोयब मलिक, वेष्ट इन्डिजका डारेन सामी, बंगलादेशका मुस्फिकुर रहिम, इंग्ल्याण्डका लुक राईट जस्तो खेलाडी छन ।

यस्तै अर्का नेपाली खेलाडी सुनम गौतम क्लासिक श्रेणीमा रहेका छन । जसको मुल्य १५ देखि २५ हजार अमेरीकी डलर रहेको छ । प्रतियोगिताका नियम अनुसार एक टिमले ड्राफ्टबाट ६ जना विदेशी खेलाडी लिन पाउनेछन ।

कोरोनाका कारण दुई पटक मिती सरेको प्रतियोगिता अब नोभेम्बर २१ बाट हुनेछ । १५ दिन चल्ने प्रतियोगितामा २३ खेल हुनेछन ।
लामो समयपछि श्रीलंकन क्रिकेट बोर्डले आफ्नै फ्रेन्चाइजी क्रिकेट लिग गर्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७