होटल अकामा र मुनलाईटसँग माछापुच्छ्रे बैंकको सम्झौता


२२ आश्विन २०७७, बिहीबार
machhapuchhe bank

काठमाडौं, २२ असोज । माछापुच्छ्रे बैंकले होटल अकामा र होटल मुनलाईट काठमाडौसँग छुट्टै–छुट्टै सम्झौता गरेको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% छुट पाउने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सकिनेछ ।

नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहक महानुभावहरुलाई सहुलियत प्रदान गर्नको लागि बैंकले बिभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानसंग सम्झौता गर्दै आएको छ ।

स्थापनाकालदेखि नै नयाँनयाँप्रविधिमाआधारित सेवा सुविधाग्राहकमाझल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जालतथा १९९ वटा एटीएमहरु तथा एक हजार भन्दा बढी पिओएस मेसिन मार्फतबाट अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधाप्रदान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७