गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५ सय नाघ्यो


२३ आश्विन २०७७, शुक्रबार
korona

पोखरा, २३ असोज । गण्डकी प्रदेशमा आज (शुक्रबार) थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ५३३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा पोखरा गरिएको परीक्षणमा प्रदेशमा ३५ जना नयाँ संक्रमित थप भएका हुन् ।

थपिएका नयाँ संक्रमितमा कास्कीका २४, तनहुँ ५, लमजुङ ३, नजलपरासी पूर्व २ र गोरखाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिएका छन् ।

कास्कीका संक्रमितमध्ये एक जना पद्मा नर्सिङ होमका डाक्टर रहेका छन् भने एक जना अमेरिकाबाट आएका व्यक्ति हुन् । उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७