प्रकाश ज्वालाकै प्रस्तावमा यमलाल कंडेल बने संसदीय दलको नेता


२५ माघ २०७४, बिहीबार
prakash and yamlam pradesh

काठमाडौं,२५ माघ : प्रदेश नम्बर ६ को एमाले संसदीय दलको नेतामा पोलिटव्यूरो सदस्य यामलाल कंडेल चयन भएका छन् ।prakash and yamlam pradesh
प्रदेश ६ को पहिलो दल एमालेको बिहिबार बसेको बैठकले कंडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । कंडेलसँगै मुख्यमन्त्रीको समेत दावी रहेको सांसद प्रकाश ज्वालको प्रस्तावमा उनी चयन भएका हुन् ।
सुर्खेत क्षेत्र नं. २ (क) बाट निर्वा्चित कंडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् । सल्यानबाट प्रदेश सांसद बनेका ज्वाला समेत संसदीय दलको नेतामा दावी गरेका थिए ।
पहिलो दल भएपनि प्रदेश ६ को मुख्यमन्त्रीको माओवादीलाई दिएपछि सभामुखमा दाबेदार गरेका थिए । तर, कंडेलले भने यस अघि नै आफू दलको नेताको दाबेदार भएको तर सभामुखको दाबेदार नभएको प्रष्ट पारिसकेका छन् ।
प्रदेश ६ मा एमालेले ५० प्रतिशत आर्थत २० सिट जितेर पहिलो भएको छ । प्रदेश नं. ५ मा एमाले मुख्यमन्त्री माओवादीलाई दिएर सभामुख र उपसभामुख लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७