सशस्त्र प्रहरीमा खुल्यो १८ सय ३३ जनाका लागि भर्ना, कसलाई कति आरक्षण ?


२४ आश्विन २०७७, शनिबार
APF 2

काठमाडौं, २४ असोज । सशस्त्र प्रहरी बलले १८ सय ३३ जनाका लागि भर्ना खुल्ला गरेको छ । सशस्त्रले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको हो । सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले १८ सय ३३ जना जवानका लागि भर्ना खुलाएको हो ।

खुलातर्फ ९८८, अमर र अशक्त सशस्त्र प्रहरीका सन्तति २०, समावेशीतर्फ महिला १६५, आदिवासी–जनजाति २६४, मधेसी २३१, दलित १२४, पिछडिएको क्षेत्रका लागि ४१ जनाको भर्ना खुलाइएको छ ।

योग्यता पुगेकाले १० रुपैयाँको टिकट टासी (स्वयम उपस्थित भइ) आफूलाइ पायक पर्ने सशस्त्र प्रहरी बल नेपालको ७५ वटा कार्यालयहरुमा दरखास्त दिन सकिने जनाइएको छ । असोज २४ गते १० बजेदेखि कात्तिक २३ गते ५ बजेसम्म बुझाउन सकिने छ ।

उमेर हद १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको हुनुपर्नेछ । कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको, पुरुषको हकमा ५ फिट २ इन्च, महिलाको लागि पाँच फिट, पुरुषको हकमा छाती नफुलाउदा कम्तीमा ३० इन्च र म फुलाउदा ३२ इन्च, आँखा मानइस २ वा प्लस २ भन्दा कमजोर नभएको, नागरिकताको प्रमाणपत्र प्राप्त गरेको, पुरुषका लागि ५० किलो र महिलाको लागि ४२ किलो तौल भएको, नैतिक पतनदेखि फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दरखास्त दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको आदि लगायतका न्यूनतम योग्यताहरु तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७