कोरोनाबाट विराटनगरमा थप दुई महिलाको निधन, प्रदेश–१ मा मृत्तक संख्या ९६ पुग्यो


२४ आश्विन २०७७, शनिबार
biran

विराटनगर, २४ असोज । कोरोना भाइरस संक्रमणबा मोरङको विराटनगरस्थित विराट मेडिकल र न्यूरो अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको शनिबार मृत्यु भएको छ ।

विराट मेडिकल अस्पतालमा उपचाररत इटहरी उपमहानगरपालिका–५ की ६४ वर्षीया र न्यूरो अस्पतालमा उपचाररत पथरीशनिश्चरे नगरपालिका–६ की ९२ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

मृतक ६४ वर्षाीय महिला असोज १५ गते विराट मेडिकल अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । ९२ वर्षीया महिलालाई असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुमा श्वासप्रश्वासमा समेत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । हालसम्म प्रदेश–१ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७