सनराइज बैंकको ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट


२४ आश्विन २०७७, शनिबार
Bhatbhateni offer sunrise bank scaled

काठमाडौं, २४ असोज । सनराइज् बैंक लिमिटेडले आफना ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट योजना ल्याएको छ ।

सनराइज बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नबिनतम् सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको हो ।

यो योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वाक्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम रु. ५०० सम्म तत्काल छुट पाउने व्यवस्था गरिएको छ ।

सनराइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गते सम्मको लागी यो योजना ल्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७