गण्डकीमा थप ६२ जनामा कोरोना, संक्रमित संख्या चार हजार ७५३ पुग्यो


२५ आश्विन २०७७, आईतवार
korona

कास्की, २५ असोज । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७