मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने


२६ आश्विन २०७७, सोमबार
muktinath bikas bank WPEyt1mHtQ

काठमाडौं, २६ असाेज । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने सम्बन्धमा एक सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान)मा आबद्ध आजीवन सदस्यहरुलाई विशेष छुटसहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसको तर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

अडानले लेखा व्यवसायसँग सम्बन्धित लेखापरीक्षक एबं लेखा व्यबसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेका छन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७