सन्राइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने


२७ आश्विन २०७७, मंगलवार
Img 1

काठमाडाैं, २७ असाेज । स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मासाथ गर्दै सन्राइज बैंक लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।

सन्राइज बैंकका ग्राहकहरुले सनराई स्मार्ट एप क्गलचष्कभ क्mबचत ब्उउ प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट रु. २०० र हवाई टिकट मा प्रति टिकट रु. ३०० का दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ ।

सन्राइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गते सम्मको लागी यो योजना ल्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७