महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई दशैको अवसरमा व्याजमा भारी छुट


२७ आश्विन २०७७, मंगलवार
mahalaxmi bank

काठमाडौं, २७ असोज । महालक्ष्मीविकास बैंक लि.ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले त्रृणिहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानीभएको व्याज रकममा १०% छुट प्रदानगर्ने निर्णय गरेको छ ।

बैंकले व्याज रकममा १०% छुटअसोज मसान्त भर प्रदान गर्ने छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ । आउदै गरेको नेपालीहरुको महानपर्व विजयादशमी, तिहार तथा छठको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुलाई बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७