उत्तर कोरियाका नेता किम ‘म असफल भएँ’ भन्दै सबैका सामु रोएपछि …


२८ आश्विन २०७७, बुधबार
2020 10 13 kim cries after saying he failed the nation b123

काठमाडौं, २८ असोज । पार्टी स्थापनाको ७५ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रममा बोल्दाबोल्दै उत्तर कोरियाली नेता किम जोङ उन भावुक बनेका छन् ।

देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको र देश एकदमै संघर्षपूर्ण अवस्थामा रहेको बताउँदै उनले आँशु झारेका हुन् । उत्तर कोरियाली प्रमुख, किम, त्यसरी सबैका सामु भावुक हुनुलाई अत्यन्तै दुर्लभ दृष्य मानिएको छ ।

यसका साथै उनले सबै जनताहरुलाई तिनका त्याग र समर्पणका निम्ति धन्यवाद व्यक्त गर्दै आफ्नो असफलताका लागि सार्वजानिक रुपमा माफी पनि मागेका छन् । उनी यस किसिमले प्रस्तुत हुनुले किम अहिले कति ठूलो दबाबमा छन् भन्ने संकेत दिएको राजनीतिकविद्हरुले बताएका छन् ।

चस्मा खोलेर आँशु पुछ्दै किमले भनेका हुन्, ‘हाम्रा जनताले ममाथि आकाश जति उच्च र समुद्र भन्दा गहिरो विश्वास राखेका थिए तर मैले सबैलाई निराश बनाएँ । म त्यसका लागि माफी माँग्न चाहन्छु ।’

हजुरबुवा र बुवा दुवैले देशको नेतृत्व जस्तो गम्भीर जिम्मेवारीका लागि आफूलाई विश्वास गरेको तर आफूले देशवासीका कठिनाइ र जीवनमा पर्याप्त सुधार ल्याउन नसकेको उनले दुःखी हुँदै बताएका हुन् ।

सार्वजानिक गरिएको भिडियोमा किम रोएसँगै त्यहाँ उपस्थित सेना अनि सर्वसाधारणहरु पनि भावुक बनेको देख्न सकिन्छ । तर त्यहाँ कसैले पनि मास्क लगाएका छैनन् भने सामाजिक दूरी कायम गरिएको पनि देखिएको छैन । प्योङयोङले अहिलेसम्म कोरोना संक्रमित भएका एकजनाबारे पनि खबर गरेको छैन ।

राजधानी प्योङयोङमा आयोजित सो समारोहमा उत्तर कोरियाले नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल पनि प्रदर्शन गरेको थियो । पछिल्ला केही महिना कोरोना महामारीका कारण सबै सिमाना बन्द हुँदा उत्तर कोरियाल चीनसँग कुनै आर्थिक कारोबार गर्न पाएन जसले देशको अर्थतन्त्रमा धेरै ठूलो प्रभाव पारेको बताइएको छ ।

वर्षौँदेखि जारी विश्वव्यापी आर्थिक प्रतिबन्ध अनि विनाशकारी प्राकृतिक प्रकोपहरुले उत्तर कोरियलीहरुको जनजीवन झन कष्टकर बनाइदिएको छ । त्यसैले पनि किमले त्यस किसिमको समारोहमा भावुक भइ आँशु झार्नुले देशको नेतृत्व सम्बन्धी उनी वास्तवमै अहिले धेरै ठूलो दबाबमा रहेको स्पष्ट देखिने कोरियन एकिकृत संगठनका निर्देशक हङ मिन बताउँछन् । – द गार्जियन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७